विहीवारबाट शुरु भएको अधिबेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । गिरी एमाले अध्यक्ष ओलीका निटक मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।
पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ ।
अधिवेशनको बन्दशत्रमा कार्यवाहक अध्यक्ष गिरीले राजनीतिक प्रतिवेदन र सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया