काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० सदस्य मनोनयन गरेका छन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) समस्या मनोनयन गरेका हुन्। केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले मधेसबाहेकका सबै प्रदेशबाट कम्तीमा एक जनालाई समेटेका छन् ।
समितिमा बागमतीबाट ३, कोशी र लुम्बिनी बाट २-२ तथा गण्डकी कर्णाली र सुदूरपश्चिम बाट एक-एक जना मनोनित भएका छन् ।
मनोनित हुनेमा बागमतीबाट भानुभक्त ढकाल, राजेन्द्र पौडेल र शम्भु घिमिरे छन् ।
यस्तै कोशीबाट गोमा नेपाल र कृष्ण खनाल तथा लुम्बिनीबाट चन्द्रप्रसाद ढकाल र नवराज न्यौपानेलाई सभापति देउवाले सहकारी विभागको सदस्यमा मनोनयन गरेका हुन् ।
गण्डकीका डिल्लीराम तिवारी, कर्णालीका पदम दाहाल र सुदूरपश्चिम प्रदेशका विश्वप्रकाश पौडेल पनि सदस्य बनेका छन् ।
प्रतिक्रिया