इलाम / राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्वर २ मा हुन लागेको उप निर्वाचनका लागि उम्मेद्धारी घोषणा गरेको छ ।
इलाम बजारमा भएको एक कार्यक्रममा सो पार्टीले मिलन लिम्बुलाई उम्मेद्धार घोषणा गरेको हो ।
सो पार्टीका सभापती रवि लामिछाने लगायतका नेताले मिलन लिम्बुलाई उम्मद्धार बनाएकाले जिताउन आग्रह गरे । उनीहरुले देशलाई समृद्ध बनाउन पनि युवा उम्मेद्धारलाई जिताउन आग्रह गरे ।
पार्टीका उपसभापती स्वर्णीम वाग्ले, नेताहरु विराजभक्त श्रेष्ठ, रमेश प्रसाई, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी लगायतका नेताले परिवर्तन र विकासका लागि सो पार्टीका उम्मेद्धारलाई जिताउन आग्रह गरे ।
यता सो पार्टीका उम्मेद्धार मिलन लिम्बुले समेत जिताउन आग्रह गरे ।
अग्रजलाई सम्मान गर्दै युवालाई उम्मेद्धार बनाएको बताइएको छ ।
उनीहरुले लामो समय विकास भएन भन्दा पनि मत परिवर्तन गरेर विकासका लागि हातेमालो गर्न आग्रह गरे ।
सो पार्टीका उम्मेद्धार इलाम माङ्सेबुङमा जन्मिएका हुन् । उनी पछिल्लो समय प्रेस सेन्टरमा आवद्ध समेत थिए । उनलाई स्वतन्त्र पार्टीका प्रवेश गरेको भनेर प्रेस सेन्टरले कारबाही समेत गरिसकेको छ ।
इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि आगामी बैशाख १५ गते उप चुनाव हुँदैछ ।
जसका लागि बिभिन्न दल तथा स्वतन्त्र उम्मेद्धारहरुले उम्मेद्धारको नाम सार्वजनिक गरिसकेका छन् ।
<span;>तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रबाट उम्मेद्धार छनौट भएको छैन ।
प्रतिक्रिया