उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापान विजेता घोषित

आइतबार, १८ चैत्र २०८०
एजेन्सी / विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।
उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन । खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ । एशिया विश्वकप छनौटको समुह बी मा रहेको जापान ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने यस समुहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार