नेताहरूबीच कुटाकुट भएपछि नागरिक उन्मुक्तिले बोलायो बैठक, अनिवार्य उपस्थित हुन उर्दी

सोमबार, १९ चैत्र २०८०
काठमाडौं / नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सक्कल नागरिकता र मतदाता परिचय पत्रसहित पार्टी बैठकमा उपस्थित हुन निर्देशन दिएको छ । सोमबार एक सूचना जारी गर्दै महासचिवले गंगाराम चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई चैत २३ गते बिहान ५ बजे पार्टी कार्यालय, अनामनगरमा उपस्थित हुन निर्देशन दिएका हुन् । चैत २३ र २४ गते बस्ने बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने महासचिव चौधरीले जानकारी दिए । सोमबार बसेकाे पार्टीको बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरी पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार