पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने क्रममा पुलिसका सुनिल जोशीले एपिएफका देवराज रानालाई २१–१२, २१–१२, पुलिसकै जीवन आचार्यले आर्मीका कविर के.सी.लाई २१–११, ९–२१, २१–१९, एपिएफका अमन महर्जनले पुलिसका दीपक बोहरालाई १६–२१, २१–७, २१–१५, आर्मीका पविन लिनथेपले एपिएफका विजीत थापा मगरलाई २१–१२, २१–१२ को समान अन्तरले पराजित गरे ।
पुरुष युगल तर्फ एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडीले ईटहरी ब्याडमिन्टन क्लबका पूर्ण बुढा र सविन खनाको जोडीलाई २१–१०, २१–१४, पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र केनिश मगरको जोडीलाई २१–१५, २१–१४, एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रदीप श्रेष्ठ र पवन राना मगरको जोडीलाई २१–१९, १८–२१, २१–१२, एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडीले संखुवासभाका निशान्त कटुवाल र पवन राना मगरको जोडीलाई २१–११, २१–१८, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जाडीले ते¥हथुमका महेश आचार्य र गोपाल लिम्बुको जोडीलाई २१–१३, २१–१०, आर्मीका हिमाल चन्द र कविर के.सी.को जोडीले सुनसरीका अनन्त राज तामाङ्ग र प्रविन तामाङ्गको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनमा स्थान पक्का गरे ।
महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिला महर्जन क्वाटरफाईनल प्रवेश गरेकी छिन् । सेनाकी रशिलाले ताप्लेजुङ्गकी भवानी देवी फेदेमलाई २१–२, २१–५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी हुन् । यस्तै पुलिसकी निता लम्सालले क्वाटरफाईनल प्रवेश गर्ने क्रममा धनकुटाकी अरुण तामाङ्गलाई २१–१४, २१–१२ ले पराजित गरिन् ।
एपिएफकी जेशिका गुरुङ्ग कन्चनपुरकी निलिमा महरालाई २१–९, २१–७, आर्मीकी प्राथना देउवा झापाकी अन्जना राईलाई २१–७, २१–९, एपिएफकी सुनयना मुखिया आर्मीकी बिष्णा बिष्टलाई २१–८, २१–१४, कस्तुरी कलेजकी सिमा राजवंशी आर्मीकी अनुमाया राईलाई २१–१३, २१–१५, एपिएफकी शोभा गौचन कैलालीकी एलिना सुनारलाई २१–१९, २१–१३ र आर्मीकी अमिता गिरी सर्लाहीकी निकिता लामालाई २१–११, २१–१७ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।
इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकल तर्फको खेलमा यु –११ तर्फ नेपाल पुलिस स्कुल काभ्रेका नवदीप राई, आर्मीका दीप थिङ्ग, खोटाङ्गका संयोग धमला, सप्तरीका अभिनाष शाह, भोजपुरका तयाबुङ्ग राई, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की र सप्तरीका संगम राउतले पनि अन्तिम ८ मा स्थान बनाए । यस्तै छात्रा तर्फ सुनसरीका आयुषा निरौला र रिश्ता रावल, भोजपुरकी नदिरा तामाङ्गले पनि जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।
छात्र यु –१३ तर्फ आर्मीका सुदेश राजकोटी, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, एपिएफका आरुष सिमखडा पनि जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरे । यसैगरि कैलालीका आदित्य चौधरी, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ्ग, तनहुका सफल भुजेल पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।
छात्रा तर्फ भोजपुरकी उपमा खड्का, सेनाकी समृद्धि श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिभ्या राई, सेनाकी अजरेन्का शेरचन, कास्कीकी निभा राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी निताशा राईका मगर र सेनाकी टिशा रानी शाक्यले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
प्रतिक्रिया