द वेष्ट अवार्ड- मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम प्रतिस्पर्धामा

शनिबार, २८ माघ २०७९
इटहरी । द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा अर्जेण्टिनाका स्टार लियोनल मेस्सी, र फ्रान्स स्टार फर्वाडद्वय करिम बेन्जेमा र केलियन एमबाप्पे परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो । तीनै मतदातालाई अन्तिम तीनको मनोनयमा परेका मेस्सी,बेन्जेमा र एमबाप्पेमध्येलाई छनोट गर्न भनिने छ । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गर्न भनिएको छ । यि तीन मध्ये अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितेका छन् । उनले सन् २०१९ मा उक्त अवार्ड जितेका थिए । यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु भएको थियो । त्यसयता मेस्सी अन्तिम तीनमा पर्न एक पटक असफल भएका थिए । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए । पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट उच्च प्रदर्शन गरिरहेका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष विश्व कप उपाधि जितेको थियो । पिएसजीमा मेस्सीका सहकर्मी एमबाप्पेले फ्रान्स र क्लब दुवैका लागि लगातार गोल गर्दै आएका छन् । अर्जेन्टिनासँग विश्व कपको फाइनल हारेको फ्रान्सका लागि एमबाप्पेले विश्वकपमा ८ गोल गरेका थिए । २४ वर्षे एमबाप्पे विश्व कपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको छैटौं नम्बरमा छन् । मेस्सी र एमबाप्पले जस्तो बेन्जेमाले विश्व कप छ खेलेनन् । चोटका कारण उनले विश्व कप गुमाउनु परेको थियो । तर रियल म्याड्रिडका लागि उच्च प्रदर्शन गरेका बेन्जेमाले बालेन डी ओर जितेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार