नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार नामिबियामाथि जिय हात परेक्क छ ।ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेको खेलमा
नेपालले नामिबियामाथि शानदार जित हासिल गरेको हो ।
भुर्तेललको ११५ रनको योगदान दिएको खेलमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।
लिग टु क्रिकेटमा पनि नेपालकी खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८
नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले विजयी चौका प्रहार गरे । नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो ।
नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर टाई गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाएँदा पराजित भएको थियो ।
भुर्तेल ओडीआई र टी-२०आईमा नेपालका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने । यसअघि पूर्व कप्तान पारस खड्का र पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो उपलब्धि हासिल गरिसकेका छन् । कीर्तिमानी लष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए ।
प्रतिक्रिया