स्टार फर्वाड लियोनल मेस्सी, केलियन एम्बाप्पे, नेइमार सम्मेलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अप्रत्याशित हार बेहोरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ ।
पिएसजी घरेलु मैदानमा बायर्नसाग १–० ले पराजित भएको हो । बायर्नको जितमा पिएसजीकै पुर्व खेलाडी किङ्सले कोमानले गरेको गोल निर्णायक बन्यो ।
पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा कोमानले दोस्रो हाफमा गोल गरेका थिए । उनले ५३औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भएका थिए ।
८२औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा पिएसजीले हार बेहोर्न पुग्यो । अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । बेन्जामिन पाभार्ड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
पिएसजीले चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेका लियोनेल मेस्सी र केलियन एमबाप्पेलाई खेलाएपनि सफलता हात पार्न सकेन ।
अब दोस्रो लेग बायर्नको मैदानमा अर्काे साता आयोजना हुँदैछ ।
प्रतिक्रिया