युरोपा लिग:बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरी

शुक्रबार, ०५ फागुन २०७९
क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको राउन्ड अफ ३२ पहिलो लेगमा रोमाञ्चक बराबरी खेलेका छन् । बार्सिलोना र युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । दुवै टोलीले एक समय अग्रता लिएर पनि जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो । बार्सिलोनाका मार्काेस अलन्सो र राफिन्हाले गोल गर्दा युनाइटेडका मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो । स्पोटिफाई क्याम्प नोउमा बिहीबार राति भएको खेलको सबै चार गोल दोस्रो हाफमा भएको थियो । खेलको ५०औं मिनेटमा मार्काेस अलन्सोले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । तर, बार्सिलोनाको त्यो अग्रता दुई मिनेट पनि टिकेन ५२औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले फ्रेडको पासमा गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा जुल्ड कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता लिन सफल भयो । रासफर्डको प्रहारलाई जोगाउने क्रममा कुन्डेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेपछि बार्सिलोनाले पाहुना टोलीमाथि दवाव बढाउँदै ७६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । आत्मघाती गोल गरेका कुन्डेको पासमा राफिन्हाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । अब दोस्रो लेगको खेल २३ फेब्रुअरीमा युनाइटेडको मैदानमा हुनेछ । अवे गोलको अवधारणा हटेकाले हब जित हात पार्ने टोली नै प्रि–क्वाटरफाइनलमा पुग्नेछ । च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएका टोली र युरोपा लिगको समूह चरणमा दोस्रो भएका टोलीले अन्तिम ३२ मा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार