इटहरीमा कर्पोरेट फुटसल प्रतियोगिता आयोजना हुने (बिज्ञप्ती सहित)

शुक्रबार, ०५ फागुन २०७९
इटहरी । सुनसरीको ईटहरीमा नेपाल युवा उद्यमी मञ्चको आयोजनामा स्वास्थ्यको लागि खेलकुद,खेलकुदको लागि स्वास्थ्य भन्ने मुल नाराका साथ यहि फागुन ६ देखि ७ गतेसम्म (कर्पोरेट फुटसल बस २०२३ ) आयोजना हुने भएको छ । आयोजकले शुक्रबार इटहरीस्थित होटल बरण्डामा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो । कार्यक्रम ६ गते बिहान ७ बजे इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले  उदघाटन गर्ने आयोजक समितिका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का १४ वटा टिमहरु सहभागी हुने  जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख र दोस्रो हुनेले ४० हजार र सर्बोत्कृष्ट खेलाडीले ८ हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार