संसद अवरोध रोक्न सभामुख सक्रिय, प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

विहीबार, ०३ जेठ २०८१
    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।   प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् ।   सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गरे ।   सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि सम्वाद जारी राखेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार