सरकारसँग भिडेरै जाने मूडमा देउवा, बोलाए विपक्षी दलको बैठक

शुक्रबार, ०४ जेठ २०८१
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । आज बिहान १० बजेका लागि देउवाले बैठक बोलाएका हुन् । देउवाले बैठकमा राप्रपा, जसपा नेपाल, जनमोर्चा र लोसपालाई डाकेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ । सहकारी प्रकरणलाई लिएर संसद अवरुद्ध हुँदै आएको छ । यसअघि बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरु सत्तापक्षका सांसदमाथि नै जाईलागेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार