एमाले सुनसरीको नेतृत्वमा खनाल र पोख्रेलको भिडन्त हुने, संस्थापन पक्षको साथ खनाललाई

सोमबार, ०७ जेठ २०८१
इटहरी - नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि सर्वसम्मत प्रयास असफल भएपछि चुनाव हुने भएको छ । सुनसरी अध्यक्षका लागि निलम खनाल र खेमराज पोख्रेल चुनावमा भिड्ने पक्का भएको छ । बन्द सत्रमा सर्वसम्मतको प्रयास गरिएको भए पनि प्रयास असफल भएपछि प्यानल नै बनाएर खनाल र पोख्रेल चुनावमा होमिएका छन् । अध्यक्षको आकाङ्क्षी खेमराज पोख्रेल यसअघि सातौँ जिल्ला अधिवेशनमा पनि रेवती रमण भण्डारीसँग पराजित भएका थिए । निलम खनाल अहिले उपाध्यक्ष छन् । खनाललाई पार्टीको संस्थापन पक्षको साथ रहेको छ । खेमराज पोख्रेलको प्यानलमा उपाध्यक्ष नन्द  कुमार बस्नेत , सचिवमा पदम लिम्बु ,उपसचिव मा देवानन्द मेहेता र उपसचिव (महिला तर्फ ) कमला मगर  उम्मेदवार रहेका छन् । यसै गरी निलम खनालको तर्फबाट उपाध्यक्षमा पर्शुराम यादव , सचिवमा राम कोइराला उपसचिवमा याम सुब्बा र उपसचिव  (महिला तर्फ )इन्द्रकला राई उम्मेदवार रहेका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार