ला लिगा: बार्सिलोनाको सहज जित, शिर्ष स्थानमा आठ आङ्कको अग्रता

सोमबार, ०८ फागुन २०७९
स्पेनीस ला लिगामा बार्सिलोनाले संघर्षरत काडिजमाथि नियमित जित हात पार्दै ला लिगाको शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ । पहिलो हाफको अन्त्यतिर रोबर्ट लेवान्डोस्कीको हेडरलाई सदुपयोग गर्दै  सर्जी रोबर्टोले खेलको ४३ औं बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि लेवान्डोस्कीले बक्सको छेउबाट उत्कृष्ट ड्राइभ गर्दै गोल गर्न सफल भए । पहिलो आफमा बार्सिलोनाले २-० को अग्रता बनाएको थियो । अक्टोबर २३ मा एथलेटिक बिल्बाओमाथि ४-० को जितपछि नोउ क्याम्पमा दुवै खेलाडीको यो पहिलो लिग गोल थियो। लेवान्डोस्कीले क्रसबारमा प्रहार गरेपछि बार्सिलोनाले अग्रता बढाउने मौका पाएको थियो। पोल्याण्ड स्ट्राइकरले आफ्नो पहिलो १९ ला लिगा खेलहरूमा १५ गोल गरेका छन् । यो जित सँगै ला लिगामा बार्सिलोनाले २२ खेलमा ५९ अङ्क जोड्दै शिर्ष स्थानमा थप बलियो बनेको छ । समान खेलबाट निकटतम प्रतिद्वन्दी रियल म्याड्रीडको ५१ अङ्क रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार