आईसीसी लिग २ : स्कटल्याण्ड र नामिबिया खेल्दै

सोमबार, ०८ फागुन २०७९
आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेल यति बेला भैरहेको छ । पाँचौं खेलमा नामिबिया र स्कटल्याण्ड खेल्दै छन् । यस सिरिजमा नामिबियाको यो अन्तिम खेल हो । यसअघि खेलेको तीन वटै खेलमा हार बेहोरेको नामिबिया एउटा सकरात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिएको छ । पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालसँगै तीन विकेटले पराजित भएको थियो । नामिबिया लिग २ को  ३३ खेलमा १८ जित, १४ हार र एक खेल नतिजाविहीनसहित ३७ अंकको साथमा अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यता स्कटल्याण्डको भने यो खेल पछि अर्को एक खेल बाकी रहने छ । जुन खेल नेपाल र स्कटल्याण्ड बिच मङ्गलवार हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार