उनले नेपाली काङ्ग्रेस सधैँ लोकतान्त्रिक मूल्य र मान्यताका पक्षमा रहेका कारण मात्र देशमा गणतन्त्र आएको दाबी गरे ।
ढुङ्गानाले देशलाई अप्ठ्यारो परेको बेला अमेरिका कुद्ने र कानुनको धज्जी उडाउने रवि लामिछानेलाई सरकारमा बस्ने कुनै अधिकार नभएको समेत जिकिर गरेका छन् ।
रवि लामिछानेले काङ्ग्रेसको विरोध गरेर दमन गर्न खोजे काङ्ग्रेस एक्लैले उनको दुस्साहसलाई परास्त गरिदिने समेत दाबी गरेका छन् ।
केन्द्रीय सदस्य ढुङ्गानाले काङ्ग्रेसलाई कमजोर आकलन गरिने रवि आफै सकिने दाबी समेत गरेका छन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राजीव कोइराला,सुनसरी जिल्ला सभापति केदार भण्डारी,कोशी प्रदेश सदस्य केशव भट्टराई,महाधिवेशन प्रतिनिधि विकास केसी,पूर्व भौतिक राज्य मन्त्री सिताराम मेहता,महासमिति सदस्य गीता श्रेष्ठ, सुनसरी क्षेत्र नम्बर २ क का सभापति सुभेछुक देवान लगायतले मन्तव्य राखेका थिए ।
काङ्ग्रेस एकजुट भएर हिँड्न सके कसैले परास्त गर्न नसक्ने वक्ताहरूको जोड थियो ।

प्रतिक्रिया