युइएफए च्याम्पियन्स लिग:अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी रोकियो

विहीबार, ११ फागुन २०७९
युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले  बराबरीमा खेलेका छन्  । सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काए । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई लगातार दवावमा राखेपनि गोलको लागि भने निकै संघर्ष गर्नुपरेको थियो । २७औं मिनेटमा अग्रता लिएको सिटीले त्यो अग्रतालाई भने जोगाउन सकेन । रियाद महारेजले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब १४ मार्चमा सिटीको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली क्वाटरफाइनल पुग्नेछ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार