यूएई भ्रमणका लागि नेपाली टोलीको घोषणा, टीममा को–को परे ?

विहीबार, ११ फागुन २०७९
काठमाडौं  । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज बिहिबार अर्काे हप्ता यूएईमा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । टोलीमा दुई युवा खेलाडी प्रतिश जिसी र मौसम ढकाललाई समावेश गरिएको छ ।नेपाली टोलीले यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो भ्रमणको सुरुवात गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।   यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार