युरोपा लिग: बार्सिलोना अन्तिम ३२ बाटै बाहिरियो

शुक्रबार, १२ फागुन २०७९
च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको हो । बिहीबार राति भएको खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । तर, शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुन पुग्दा युरोपाबाट पनि बाहिरिन पुगेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । ओल्ड ट्राफोर्डमा घरेलु टोलीको जितमा फ्रेड र एन्टोनीले गोल गर्दा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो । खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार