काठ्माण्डौ मेडिकल बलेजका संचालक डा. शुनिल शर्माले आफुहरुले दुर्गमका नागरिकहरुलाई बिशषेज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले अछाम र कालिकोटका नागरिकहरुलाई लक्षित गर्दै अछामको पंचदेवल नगरपालिका र कालिकोटको सदरमुकाम मान्ममा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए ।
उनले भने, नोबेल मेडिकल कलेज बिराटनगर र काठ्माण्र्डा मेडिकल कलेजले हरेक बर्ष मुलुकका दुर्गम जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । त्यसैको निरन्तरता पनि हो । हाम्रो शिविरमा आएर सेवा लिएका विपन्न नागरिकहरुलाई थप उपचार गर्नु परे पनि काठ्माण्डौ वा बिराटनगर पाईक पर्ने मेडिकल कलेजमा ल्याएर निशुल्क उपचार गरी पठाउदै आएका छौँ ।
कालिकोटमा संचालित यस बर्षको शिविरमा ७५ जनालाई काठ्माण्डौ बोलाएर उपचार गर्नुपर्ने समस्या देखिएपछि यहाँ आउन आग्रह गरेका छौँ ।
दुर्गम जिल्लाहरुमा बिशषेज्ञ डाक्टरहरुबाट सेवा पाउनबाट बन्चित नागरिकहरुलाई बिशषेज्ञ स्वास्थ्य सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छौँ । डा.शर्माले भने, आगामी बर्षहरुमा पनि स्थानिय सरकारहरुसँग समन्वय गरेर थप सेवा सहितको शिविर आयोजना गर्छौँ ।
स्थानिय सरकारले हामीलाई शिविर संचालन गर्ने स्थान र कस्ता समस्याका बिरामीहरु बढी आउछन भन्ने बिषयमा पुर्व जानकारी गराएपछि त्यस अनुसार तयारी गछौँ । हामीले सेवा र औषधिहरु पनि निशुल्क उपलब्ध गराउछौँ ।
प्रतिक्रिया