स्पेनिस लालिगा: रियल म्याड्रिड हारबाट जोगियो

आइतबार, १४ फागुन २०७९
स्पेनिस युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपर्दा उल्टै गोल खान पुगेको थियो । ६४औं एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । एन्टेनियो रुडिगरमाथि फउल गर्न पुगेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुग्यो । तर, त्यसको फाइदा रियलले उठाउन सकेन । ७८औं मिनेटमा जोश जिमिनेजले गोल गरेपछि रियल खेलमा १–० ले पछि पर्यो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए । ५औं मिनेटमा परिवर्तित युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गर्दै रियललाई हारबाट जोगाए । ७७औं मिनेटमा नाँचो फर्नान्डेसको स्थानमा मैदान छिरेका १८ वर्षीय अल्भारोले लुका मोड्रिचको हेडर पासमा गोल गर्न सफल भएका थिए । यस बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले २३ खेलबाट ५२ अंक जोड्दा शीर्षस्थानको बार्सिलोनासँग ७ अंकले पछि परेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ । एट्लेटिको ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार