काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा छुटेका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईँलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाईँ मङ्गलवार साँझ रिहा भएका हुन् ।
प्रसाईँ विरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।
रिहा भएपछि प्रसाईँले आफू शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाई लड्ने बताएका छन् । उनले आफूलाई वीर अस्पतालबाट जबरजस्ती डिस्चार्ज गरिएको आरोप लगाउँदै आफूले नेपालकै ठुलो अस्पताल चलाइरहेको बताए ।
प्रतिक्रिया