पाँचथर : पाँचथरका विभिन्न दसैँ घरहरूमा बढाइ सहित फूलपाती भित्¥याइएको छ ।
नेपाली सेनाको रणसेर गण, जिल्ला प्रशासन कार्यालय ,सशस्त्र प्रहरीको हिमशिखर गुल्म र जिल्ला प्रहरी कार्यालय सहितका दसैँ घरहरूमा फूलपाती भि¥याइएको हो ।
बिहान ७ बजे गण र कार्यालयबाट गएको टोलीले ४ सुम्हात्लुङ शक्ति पिठमा विधि पूर्वक पूजा अर्चना गरी फूलपाती बढाइ गरेका हुन ।
बिहान ७ बजे सुम्हात्लुङ गडीमा पूजा आराधना पश्चात् शक्ति पीठहरू र देवीका नाममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेसँगै लावा लस्कर लगिएको फूलपाती आ–आफ्ना दसैँ घरमा भित्¥याएको थियो । पाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबल सहित सुम्हात्लुङ मन्दिर पुग्दा स्थानीयले स्वागत गरेका थिए ।
फूलपाती बढाइमा सुरक्षा निकायका प्रमुखहरू,जनप्रतिनिधि,राजनैतिक दल, सङ्घ संस्था र कार्यालय प्रमूखसगैँ नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।
सुम्हात्लुङ गडी मन्दिर कोसी प्रदेशका शक्ति पीठहरू मध्ये एक हो । जिल्लाका दसैँ घरहरूमा यही मन्दिरबाट फूलपाती लैजाने चलन छ । यहाँ देवीको नाममा बलि दिने र काटमार गर्ने कामलाई प्रतिबन्ध लगाइएको छ ।
तस्बिरहरू
प्रतिक्रिया