पोखरीमा डुबेर एक जनाको मृत्यु

शुक्रबार, २५ असोज २०८१
इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ स्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जुटधुन पोखरीमा पसेको बेला स्थानीय ५० वर्षीय मुस्तुफ अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा पसेको र ननिस्केपछि खोजी गर्दा अन्सारी जुटसँगै पानीमा मृत फेला परेको सुनसरी प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पातल इनरुवामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार