इटहरीमा सोमबार दुर्गा प्रसाईँले सम्बोधन गर्ने

आइतबार, ११ कार्तिक २०८१
इटहरी : इटहरीमा सोमबार (भोलि) दुर्गा प्रसाईँको भेला हुने भएको छ । इटहरीको पश्चिम लाइनमा रहेको ट्याम्पो स्टेनमा प्रसाईँ समर्थित युवाहरूले कार्यक्रमको आयोजना गर्न लागेका हुन् । दिउँसो १ बजे प्रसाईँ आउन लागेका छन् । उनले सम्बोधन गर्ने तयारी रहेको सतिस पोखरेलले जानकारी दिए । ‘हामी सयौँ जातका थुङ्गा थुङ्गालाई उनेर एउटा सुन्दर माला निर्माण अभियानमा छौँ’ भन्ने सन्देशसहित भेला आयोजना गर्न लागिएको उनले बताए । उनकाअनुसार प्रसाईँले भ्रष्टाचार र बैँकको ब्याजदरविरुद्ध सम्बोधन गर्नेछन् । भेलामा सुनसरी, मोरङ र झापाबाट सर्वसाधारण नागरिकहरू आउने तयारी भएको उनले जनाए । सरोज तामाङको संयोजकत्वमा उक्त कार्यक्रम हुन लागेको हो । इटहरीमा प्रसाईँ आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको सुनसरी प्रहरीले जनाएको छ । सम्भावित घटनालाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । मेडिकल व्यवसायी प्रसार्इँले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा गत फागुनदेखि अभियान सुरु गरेका थिए । उनले झापाको काँकडभिट्टास्थित मेची पुलमा उद्घाटन कार्यक्रम गरेका थिए । प्रसाईँले अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार