पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ४४ वर्षीय नवराज राई, इटहरी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय प्रदीप तामाङ, वराहक्षेत्र ५ बस्ने २७ वर्षीय नारायण कार्की, भोजपुर आमचोक बस्ने ४१ वर्षीय दुर्गाराज राई वराहक्षेत्र ३ बस्ने ३२ वर्षीय विदुर कार्की रहेका छन् ।
यस्तै वराहक्षेत्र ८ का खड्गबहादुर विष्ट,भोजपुर अरुण गाउँपालिका ३ का जीवन कार्की,वराहक्षेत्रकै दिनराज राई,उत्तम मगर,रामधुनी नगरपालिकाका शङ्कर लुइँटेल,भोजपुर हतुवागढिका ज्ञानबहादुर राई,वराहक्षेत्रकै रेवत थापा,खगेन्द्र कार्की,दीपेन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राम तिम्सिनाले बताए ।
उनीहरूको साथबाट जुवाका कौडा,२० बुङ तास सहित १२ थान मोबाइल समेत बरामद गरिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शनिवार पनि इनरुवाबाट पक्राउ परेका १६ जना जुवाडेलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।
प्रतिक्रिया