मोरङमा सबैभन्दा धेरै २ सय ७ वटा दुर्घटना भएका छन् । झापामा १ सय ६०, सुनसरीमा १ सय ३८, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५/५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३/३, इलाम र ताप्लेजुङमा १/१ वटा दुर्घटना भएका हुन् ।
ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर यात्रुको सहयोगका लागि ‘यात्रु सहायता कक्ष’ समेत सञ्चालनमा ल्याएको थियो । एसपी घिमिरेका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको छ ।
चालकलाई प्रशिक्षण दिनेदेखि जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्र पारिएको उनको भनाइ छ । सबैभन्दा धेरै दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन (मापसे), यान्त्रिक गडबढी र चालकको लापरबाहीले भएको ट्राफिकले जनाएको छ ।
घिमिरेका अनुसार मापसे गरेर सवारीसाधन चलाउँदा भित्री सडक खण्डमा धेरै दुर्घटना भएको पाइएको छ । सवारीसाधनको तीव्र गति नियन्त्रण गर्न । नियम उल्लंघन रोक्नका लागि ट्राफिकले मिहिनेत गरिरहेको उनले बताए । नियम उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने गरिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि भाडाका सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गर्ने विषयमा छलफल भइरहेको उनी बताउँछन् । ‘बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गरिरहेको छ,’ एसपी घिमिरेले भने, ‘दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साथ र सहयोग चाहिन्छ ।’
प्रतिक्रिया