पिकनिकको प्याकेजमा जिप लाइन, स्काई साइकल, ब्रेकफास्ट, र लञ्च उपलब्ध गराइने छ । पिकनिकको अन्य आवश्यक सुविधाहरू पार्कमै उपलब्ध हुनेछन् । हाईकिङ गर्न नचाहनेहरूका लागि गाडीको पनि व्यवस्था हुनेछ । उक्त सुविधाहरू प्रतिव्यक्ति शुल्क एक हजार पाँच रुपैयाँमा उपलब्ध हुनेछन् ।
सेछले एक सय प्रतिशत शुल्क फिर्ता पाइने ‘क्यास ब्याक’ प्याकेजसमेत सार्वजनिक गरेको निर्देशक बरालले बताए । उक्त प्याकेजबाट शुल्क फिर्ता पाउन आगन्तुकले पार्कमा खेलहरू खेलेर अन्य ३ जनालाई पार्कमा पठाएमा तिरेको शुल्क शतप्रतिशत फिर्ता पाइने छ ।
स्थापना दिवसको अवसरमा कात्तिक २४ गते शनिबार सबैका लागि जीपलाईन कार्यक्रमको आयोजना गरेको छ । उक्त दिन पार्कमा आउने सबै आगन्तुकहरूहरुले जिप लाइन एक सय रुपैयाँमा खेल्न पाउने छन् ।
धरानलाई पूर्वको पर्यटनको हब बनाउन ‘सेछ’ले पर्यटकीय गतिविधिहरू गर्दै आएको छ ।
प्रतिक्रिया