सुकुना र बेलबारी क्याम्पसमा एमाले र बाम गठबन्धन बिद्यार्थी संगठनबिच प्रतिष्पर्धा

मंगलबार, ३० फागुन २०७९
बेलबारी । कोशी प्रदेशकै अब्बल मानिने मोरङको सुन्दरहरैँचा १२ मा रहेको सुकुना बहुमुखी क्याम्पस र बेलबारीमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा यस पटक दुई समूहमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । दुबै क्याम्पसमा चुनावी सरगर्मी समेत बढेको छ । हरेक दिनजसो क्याम्पसमा बिद्यार्थी संगठनबिच बिवादका घटना समेत बाहिर आईरहेका छन । सो क्याम्पसमा संयुक्त बाम–लोकतान्त्रिक विद्यार्थी गठबन्धन र एमाले निकट अनुरास्ववियुबीच चुनावी प्रतिष्पर्धा हुने भएको हो । सुकुनामा एमाले समर्थित अनेरास्ववियुले मनोज लामा कार्कीको नेतृत्वमा उम्मेदवारी दिएको छ । उनी अनेरास्ववियु सुकुना सभापति हुन् । कार्कीले आफ्नो सङ्गठनको विरासत जोगाउने प्रयासमा छन् । सुकुनामा हालसम्मका सबै स्ववियु निर्वाचन अनेरास्ववियुले जितेको छ । नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले सन्तोष लिम्बूको नेतृत्वमा उम्मेद्वारी दिएको छ । लिम्बू निवर्तमान स्ववियु सभापति हुन् । नेकपा एमाले विभाजन भएपछि उनी नेकपा समाजवादीतर्फ लागेका छन् । दोस्रो पटक चुनाव जित्ने प्रयासमा रहेका लिम्बू संयुक्त बाम गठबन्धन गरेर चुनावी मैदानमा होमिएका   छन् । लिम्बूको प्यानलबाट सचिवमा निराजन धमलाले र कार्कीको प्यानलबाट एलिस ओझाले उम्मेद्वारी दिएका छन । धमला नेविसंघ समर्थित विद्यार्थी नेता हुन् । त्यस्तै कोषाध्यक्षमा संयुक्त बाम–लोकतान्त्रीक विद्यार्थी गठबन्धनको तर्फबाट सतिस कार्कीले उम्मेद्वारी दिएका छन भने अनेरास्ववियबाट हेमकुमारी नेपाली (सुष्मा)ले उम्मेद्वारी दिएकी छिन् । सदस्यतर्फ अनेरास्ववियुबाट समीक्षा कार्की, गोमा थापा, सन्ध्या भट्टराई, विनोद तमाङ, नवराज दाहाल, सन्नी शाह (सनम), सुदीप पोखरेल र प्रकाश भण्डारीले उम्मेद्वारी दिएका छन् ।सदस्य पदमा संयुक्त बाम–लोकतान्त्रिक विद्यार्थी गठबन्धनबाट अर्जुन दाहाल, सविना थापा, ज्ञानु घिमिरे, सन्देश राई, रोहन खत्री, सुमन भट्टराई, एलिजा कार्की र दिवस पोखरेलले उम्मेद्वारी दिएका छन् । यता बेलबारीमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट अनेरास्वविबयु बिच नै प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट पुष्कल सुवेदी (सियोम) को नेतृत्वमा टिम खडा गरिएको छ । सोही टिमबाट सचिबमा दिपक गुरुङ र कोषाध्यक्षमा कपिल बिष्ट रहेका छन । भने एमाले निकट अनेरास्वबियुका तर्फबाट विप्लव पा्ख्रेलको नेतृत्वमा टिम खडा गरिएको छ । जसमा सुजन बस्नेत सचिब र शंखर थापा कोषाध्यक्षका उम्मेदवार रहेका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार