कानून व्यवसायी सोसल इन्जिनियर भएको बताउँदै डाइरेक्टर निरौलाले समाज परिवर्तमा कानूनका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको जनाए ।
एलएलएम कार्यक्रमका संयोजक दीपक खतिवडाले बिए एलएलबीको पाठ्यक्रम, त्यसले समेटेको विषय र क्षेत्रका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए ।
बिए एलएलबी कार्यक्रमकी संयोजक नीता प्याकुरेल, उपप्राध्यापक दीपेश बास्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोला लगायतले विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीहरूलाई अभिमुखीकरण गरेका थिए ।
डीन कार्यालयले छनौट गरी पठाएका १२ जना विद्यार्थी पूर्ण छात्रवृत्तिका विद्यार्थी भर्ना भएका एक सय आठ जना गरी बीए एलएलबीमा एक सय २० जना विद्यार्थी भर्ना भएका छन् ।
प्रतिक्रिया