उपराष्ट्रपति चयन गर्न मतदान जारी

शुक्रबार, ०३ चैत्र २०७९
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनमा धमाधम मतदान भइरहेको छ । बिहान १० बजे सुरु भएको मतदानका क्रममा करिब ५० प्रतिशत मतदाताले मतदान गरिसकेको जनाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय भवनको ल्होत्से हलमा मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म जारी रहने छ । उपराष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सदस्य गरी ८ सय ८२ जनाले मतदान गर्ने व्यवस्था छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट १० दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा रामसहायप्रसाद यादव र जनतम पार्टीबाट ममता झा एवं जनता समाजवादी पार्टीबाट नै प्रमिलाकुमारीको उपराष्ट्रपति पदका लागि उम्मेदवारी छ । प्रमिलाकुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाइ सकेकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार