चैत १० गतेदेखि भोजपुर गोल्डकप फुटबल हुने

शुक्रबार, ०३ चैत्र २०७९
भोजपुर । चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप आयोजना हुने भएको छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका ६ र विदेशका दुई टिमको सहभागिता हुनेछ । युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन सहभागी हुनेछन् । यसैगरी भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख पाउने भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि करिब ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार