बुढासुब्बा गोल्डकपको विजेता क्यामरुन इटहरी गोल्डकपको पहिलो खेलमै पराजित

शनिबार, ०४ चैत्र २०७९
इटहरी । २३औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता बनेको पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ । इटहरी रङ्गशालामा आज भएको उद्घाटन खेलमा सगरमाथा युथ क्लब मोरङले टाइब्रेकरमा ४–३ गोल अन्तरले क्यामरुन पराजित भएको हो । खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइइब्रेकरमा धकेलिएको हो । सगरमाथाका लागि राजीव लोप्च, एमसुके, मुस्के, अभिषेक राई र अभिषेक लिम्बूले गोल गरे । यस्तै, एभिनियरका लागि साङ्गु, गिनी र यान्निक ओओनाले गोल गर्दा जोइ एल्डोको प्रहार सगरमाथाका गोलकिपर देव लिम्बूले रोक्न सफल भए । यस्तै, एभिनियरकै साबाको प्रहार पोलमा ठोक्किएर आउट जाँदा एभिनियरका लागि शनिबारको खेल दुर्भाग्य बन्यो । यससँगै गत वर्षको विजेता समेत रहेको सगरमाथा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच सगरमाथाका मुस्के घोषित हुँदै नगद १० हजारसहित मेडल प्राप्त गरे । राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित मेडल र ट्रफी हात पार्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार