इटहरी । इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज इटहरी रङ्गशालामा भएको खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो । खेलको ४५ औं मिनेटमा आशिष चापागाईंले रिबाउन्ड गोल गर्दै टिमलाई अग्रता दिलाए ।
हाफ पछि चर्च ब्वाइजले खेलको ६१ मिनेटमा टिमका क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बुले थप एक गोल गर्दै टिमलाई जित तर्फ अघि बढाए । यस्तै, खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रसान्त लक्ष्मण घोषित हुँदै नगद १० हजार पाए ।
इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने छ । भोलि हुने तेश्रो क्वाटरफाइनल खेल कञ्चङ्जङ्गा फुटबल क्लब भारत र मछिन्द्र फुटबल क्लब काठमाडौं बिच हुनेछ ।
प्रतिक्रिया