पथरी बहुमुखीमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानल बिजयी

सोमबार, ०६ चैत्र २०७९
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनबाट नेविसंघको नेतृत्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियू (माधव नेपाल पक्ष) को साथ रहेको थियो । ५ सय ४९ खसेको मतमा नेविसंघका केशर थुलुङ राईले ३ सय ७० मत ल्याएका छन । राईले अनेरास्ववियुका उज्वल लकान्द्रिलाई १ सय ९४ मतले पछि पार्दै विजयी भएका छन । लकान्द्रिले १ सय ७६ मत पाएका थिए । त्यस्तै सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेविसंघका सचिव भुपाल खतिवडाले ३ सय ६० मत पाउदा अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाएका थिए भने कोषाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगरले ३ सय ५२ मत पाउदा अनेरास्ववियुकी सोनिया ग्यावा तामाङले १ सय ७९ मत पाएकी थिईन । सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सफिन आचार्यले ३ सय ७४ मत, गंगाराम शाह (शम्भु) ले ३ सय ६९, सोमनाथ फुंयाल (दिपेश) ले ३ सय ६६, अखिल क्रान्तिकारीकी प्रितिका भट्टराईले ३ सय ५० र अनेरास्ववियूका (माधव नेपाल पक्ष) प्रकाश शिवाले ३ सय ६१ मत ल्याई विजयी भएका छन । सदस्यमा अनेरास्ववियु तर्फबाट प्रबिण पोखरेलले १ सय ५१ अरुण राईले १ सय ६३, एलिश खड्काले १ सय ६१, एरिक बस्नेतले १ सय ७५ र जित ब. खड्का (जेबी) ले १ सय ५६ मत पाएका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार