इटहरी गोल्डकप : कञ्चनजङ्गालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

सोमबार, ०६ चैत्र २०७९
इटहरी । इटहरीमा जारी १३औं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा विजयी बन्दै मछिन्द्र फुटबल क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको तेश्रो क्वाटरफाइनल खेलमा मछिन्द्रले पाहुना टोली कञ्चनजङ्गा फुटबल क्लब भारतलाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो । मछिन्द्रका कप्तान आफिज ओलाओले ह्याट्रिक गर्दै ४ गोल गरे । मछिन्द्रका अर्का खेलाडी विजय भुजेलले १ गोल गरे । यस्तै, कञ्चनजङ्गाका अनिष राईले २ गोल गरे । खेलको पहिलो हाफसम्म दुवै तर्फबाट एक–एक गोल भएको थियो । दोस्रो हाफमा मछिन्द्रले ४ गोल गर्याे भने कञ्चनजङ्गाले एक गोल मात्र गर्न सक्यो । इटहरी रंगशालामा चैत ११ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने छ । भोलि मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र रोलिङ क्लब झापाबीच हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार