काठमाडौँ । चर्चित कलाकार सीताराम कट्टेल धुर्मुसले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा आफूले अनियमितता नगरेको दाबी गरेका छन् ।
रंगशाला निर्माण अलपत्र परेपछि यसको जिम्मा लिएको धुर्मुस सुन्तली फाउन्डेसनको आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा मंगलबार भिडियो सार्वजनिक गर्दै कट्टेलले रंगशाला निर्माणमा गरिएको सहयोग खेर नगएको र आफूहरूले यसको हिसाबकिताब सम्बन्धित निकायमा बुझाइसकेको दाबी पनि गरेका छन् ।
रंगशाला निर्माणकै विषयले आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको तथा डिप्रेसनमा रहेको पनि उनले उल्लेख गरेका छन् ।
‘‘यहाँहरूको सहयोग खेर गएको छैन । सबै सहयोग यही रंगशाला निर्माणमा लगाएका छौँ । यो परियोजनामा हामी सहयोगी मात्र हौँ, मात्र स्वयंसेवी हौँ । यो राज्यको सम्पत्ति हो, हामीले व्यक्तिगत सम्पत्ति बनाएका हैनौँ’ उनले भनेका छन् ।
रंगशाला निर्माण गर्ने सपना सपना धुर्मुस–सुन्तलीको मात्र सपना नभएर देशकै सपना भएको उनले बताएका छन् ।
प्रतिक्रिया