विश्वकप छनोटमा पुर्याउन योगदान गर्ने कोशीका क्रिकेटरहरुको सम्मान

मंगलबार, ०७ चैत्र २०७९
विराटनगर । आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई विश्वकप छनोटमा पुर्याउन भूमिका निर्वाह गरेका दुईजना क्रिकेटरलाई सम्मान गरिएको छ । नेपाल खेलकुद महासंघले मंगलबार विराटनगरमा कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । क्रिकेटर ललित नारायण राजवंशी र दिपेशप्रसाद कँडेललाई प्रशंसापत्र र जनही २५ हजार रुपैयाँ दिएर सम्मान गरिएको हो । महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले उनीहरुलाई सम्मान–पत्र हस्तान्तरण गरेका थिए । ललित नेपाल राष्ट्रिय क्रिकेट टोली र दिपेश यु–नाइन्टिनका सदस्य हुन् । दिपेशलाई भने भर्खरै सम्पन्न युु–नाइन्टिन विश्वकप छनौट प्रतियोगिताबाट नेपाली यु–१९ क्रिकेट टोलीलाई ८ वर्षपछि विश्वकपमा पुर्याउन गरेको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । गत आइतबार सम्पन्न आइसिसी लिग २ अन्र्तगत युएईविरूद्धको खेलमा ललितले ५ विकेट लिएर आफ्नो करियरकै उत्कृष्ट सफलता हात पारेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार