इटहरी गोल्डकपः रोलिङ क्लबमाथि आर्मीको सहज जित

बुधबार, ०८ चैत्र २०७९
इटहरी । १३औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रङ्गशालामा मंगलबार भएको खेलमा आर्मीले रोलिङ क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेल सुरु भएको २ मिनेटमै आर्मीका दीपक गुरुङले गोल गरे । खेलको ४५औं मिनेटमा आर्मीका टिम क्याप्टेन जिलेस्पीजङ्ग कार्कीले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए । ६२औं मिनेटमा आर्मीका सुदिल राईले अर्को एक गोल थपे । इन्जुरी समयमा आर्मीका पदम मोक्तानले थप १ गोल गरे । सुरुदेखि नै दबाबमा रहेको रोलिङ क्लबका लागि खेलको ६५ औं मिनेटमा ड्याड्डीले पेनाल्टीमार्फत १ गोल गरे । खेलको म्यान अफ दि म्याच आर्मीका क्याप्टेन जेलस्पीजङ्ग कार्की घोषित हुँदै नगद १० हजारसहित ट्रफी हात पारे । बुधबार हुने सेमिफाइनल खेल सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार