बेलबारी । आइसिसी विश्वकपको छनोटमा प्रवेश पाएको नेपाली टिमका २ खेलाडीलाई बेलबारी क्रिकेट क्लबले नगद सहित सम्मान गरेको छ ।
बेलबारी क्रिकेट टिमबाट यसअघि बिभिन्न प्रतियोगितामा भाग लिएका उप कप्तान दिपेश कँडेल र खेलाडी ललितबहादुर राजबंशीलाई जनही नगद ११ हजार १ सय ११ रुपैँया सहित बेलबारी क्रिकेट क्लबले बुधबार बिहान सम्मान गरेको हो ।
क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) का अनुसार बेलबारी क्रिकेट क्लबबाट समेत खेलेका उनीहरुले नेपाली क्रिकेटलाई विश्वसामु चिनाएको भन्दै उनीहरुलाई सम्मान गरिएको बताए । कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई,बेलबारी ११ का अध्यक्ष बिक्रम बान्तवा लगायतको उपस्थिति रहेकोे थियो ।
प्रतिक्रिया