नेपालको एकदिवसीय वरीयता सुधार

बुधबार, ०८ चैत्र २०७९
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय वरीयता सुधार भएको छ। पछिल्ला १२ मध्ये ११ एकदिवसीय खेलमा लगातार जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले वरीयता सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो। ओमानलाई पछि पार्दै नेपाल १५ औँ स्थानमा उक्लिएको हो। नेपालभन्दा पछाडि ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी छन्। एसोसियट राष्ट्रतर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ। स्कटल्यान्ड १२ औँ स्थानमा कायम रहँदा नेपालभन्दा अगाडि नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन्। भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार