इटहरी गोल्डकप: मछिन्द्रलाई हराउँदै सगरमाथा उपाधिनजिक

बुधबार, ०८ चैत्र २०७९
सुनसरी । १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सगरमाथाले मछिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलका लागि स्थान तय गरेको हो । सगरमाथाका लागि खेल सुरु भएको ४ मिनेटमै राजीव लोप्चनले गोल गरे । यस्तै, खेलको १२ मिनेटमा सगरमाथाका लागि स्टेफिनले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा २–० भएको खेलमा दोस्रो हाफपछि सगरमाथाले पुनः १ गोल थपेको थियो । खेलको ५१औं मिनेटमा सगरमाथाका मेस्सुकेले १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए । मछिन्द्रका लागि खेलको ८९ औं मिनेटमा टिम क्याप्टेन आफिज ओलावालेले पेनाल्टीमार्फत १ गोल गरे । खेलको म्यान अफ दिम्याच सगरमाथाका खेलाडी स्टेफिन भए । साबिक बिजेता समेत रहेको सगरमाथा युथ क्लब मोरङले आगामी बिहीबारको बिजेता टिमसँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । बिहीबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार