कोशी प्रदेश सरकारबाट माओवादी अलग नहुने

शनिबार, ११ चैत्र २०७९
विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट तत्काल नबाहिरिने भएको छ । एमाले नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने भएका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सरकारबाट आफ्ना मन्त्रीहरु तत्काल फिर्ता गरिने छैन । अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र कोशी प्रदेशको सत्ता समीकरणको अवस्थामा फरक रहेको उनले उल्लेख गरे । ‘अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने । कोशी प्रदेश मध्यावधि निर्वाचनमा जाने कुरा पनि हल्ला मात्रै भएको बताए । केन्द्रको गठबन्धनले पनि कोशी प्रदेशको समीकरणको बारेमा चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले तर अरुतिरको भन्दा यहाँको अवस्था फरक रहेको बताए । आफूहरु नेताहरुसँग पनि आवश्यक परामर्श गरेर प्रदेशमा स्थिर र स्थायी प्रकृतिको सरकार दिने पक्षमा रहेको उनले बताए । उनले अहिले हिक्मतकुमार कार्की नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता नभएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार