नेपाल तयारी पोसाक उद्योग संघको अध्यक्ष तथा विभिन्न पदमा रहेर सफलतापूर्वक काम गरेको आफ्नो अनुभवलाई महासंघमा लगाउने उद्देश्य लिएर आगामी निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका बताए । ‘महासंघको आगामी कार्यसमितिमा बसेर महासंघ मार्फत स्वदेशी तयारी पोसाक तथा निर्यात क्षेत्रका व्यवसायीक एजेन्डाहरुलाई लागु गर्न पहल गर्ने र महासंघको आगामी नयाँ नेतृत्वलाई सफल पार्न सक्दो प्रयास गर्ने छु’ केन्द्रिय सदस्यका उम्मेदवार पाण्डेले भने ।
बढ्दो व्यापार घाटालाई न्युन गर्दै देशलाई आर्थिक रुपले सम्पन्न बनाउन निर्यात जन्य उत्पादनको प्रवद्र्धनमा जोड दिनुपर्ने उनले बताए । उद्योगी व्यवसायीहरुले महासंघ खोज्नुपर्ने भन्दा महासंघले साना मझौला तथा ठुला सबै उद्योगीलाई खोज्नुपर्ने वातावरण निर्माणकालागि आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताए।
महासंघमा बस्तुगत संघहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै वस्तुगत संघहरुका एजेन्डाहरु लागु गराउन सरकार र सरोकारवाला निकायसँग लविङ गर्ने चुनावी एजेन्डा रहेको भन्दै उनले आफुले स्वदेशी मौलिकता भएका बस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिने बताए ।
प्रतिक्रिया