कार्यक्रममा इटहरी क्षेत्रका लायन्स क्लबका प्रतिनिधिहरूको सहभागिता थियो । पूर्व गभर्नर राजन खत्री, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी उदयनारायण बराल, लियोका डिस्ट्रिक्ट भाइस प्रेसिडेन्ट शिवशङ्कर मण्डल, लायन्स क्लब अफ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीलगायतले कार्यक्रमलाई सम्बोधन गरे ।
वक्ताहरूले लायन्स क्लबलाई राजनीति गर्ने थलो नबनाईकन सामाजिक क्षेत्रमा अघि बढ्ने क्लबका रूपमा लिनुपर्ने बताए । पूर्व डिस्ट्रिक्ट गभर्नर राजन खत्रीले लायन्स सेवा गर्ने थलो भएको बताउँदै सबै सेवा भावले आउनुपर्ने कुरामा जोड दिएका छन् ।
लायन्समा कसैले राजनीति छिराउन खोजिए प्रतिवाद गर्ने उनिहरुको भनाइ छ । रमेशकुमार खत्रीको समूहलाई जिताउँदा सम्पूर्ण लायन्सको जित हुने उनिहरुको दाबी छ ।
यस्तै डिस्ट्रिक्ट गभर्नर अधिकारीले लायन्समा अत्यन्तै सौहार्द वातावरण रहेको बताए । सबै कुरा सिकेका व्यक्ति नै लायन्सको नेतृत्वमा आउनुपर्नेमा उनको जोड छ । अधिकारीले राजनीतिलाई पर राखेर लायन्समा आबद्ध हुनुपर्ने बताए ।
निर्वाचन नजिकिएसँगै मतदातामाझ चिनिन र उनीहरूलाई रिझाउन उम्मेदवारले यस्ता कार्यक्रमको आयोजना गर्ने गरेका छन् । कार्यक्रम आयोजनाको मुख्य उद्देश्य आफ्नो उम्मेदवारीका बारेमा जानकारी दिनु र एजेन्डाहरू सार्वजनिक गर्नु हो । उम्मेदवारले मतदाताको प्रोत्साहनका एजेन्डा प्रस्तुत गर्ने गरेका छन् ।
यस डिस्ट्रिक्टका लागि गभर्नरमा बबरजंग् थापा र प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरका लीला चिमोरियाको एकल दाबी छ । सेकेन्ड भाइस डिस्ट्रिक्ट गर्भनरका लागि रमेश खत्रीसहित अजिताकुमारी बराल मैदानमा छन् ।
सेकेन्ड भाइस गर्भनरका उम्मेदवार खत्रीले आफ्नो उम्मेदवारीले लायन्सलाई अझ मजबुत र एक ढिक्का बनाउन सहज हुने बताए ।
उनले गभर्नरसँगको सहकार्यमा अन्तर्राष्ट्रियकरण कार्यक्रमका प्रोजेक्टहरूमा काम गर्ने, क्लबलाई सशक्तीकरणको दिशातर्फ लैजाने, लायन्सको युथ इमपावरमेन्ट बढाउनका लागि काम गर्ने, डिस्ट्रिक्ट क्लबहरूलाई अझ सशक्त ढङ्गले र सक्रियतापूर्वक सामाजिक कामहरूमा लगाएर अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।खत्रीले प्रदेश खबरसँग भने, ‘लायन्सलाई एक ढिक्का पारेर लैजानका लागि हाम्रो समूह तयार छ ।’ ३२५ सी अन्तर्गत १ सय ५४ क्लबका ३ हजार बढि सदस्य रहेका छन् । लायन्सको इन्टरनेसनल डाइरेक्टरमा उम्मेदवारी दिएर लीला ढुङ्गेल र रेवतबहादुर कार्की मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया