काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानबीच एकता

सोमबार, २७ चैत्र २०७९
झापा/ काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानबीच एकता भएको छ । काश्यप गोत्रीय अधिकारी समाज चितवन र काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान झापाबीच एकता भएको हो । काश्यप गोत्रीय अधिकारी समाज चितवनका केन्द्रिय अध्यक्ष श्री देवीरमण अधिकारीको अध्यक्षता एवं काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष श्री नरेन्द्रकुमार अधिकारीको उपस्थितिमा काश्यप गोत्रीय अधिकारी समाज देवघाटका केन्द्रिय महासचिव, उपलव्ध केन्द्रिय सदस्यहरू, चितवन जिल्ला अध्यक्ष एवं कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, (झापा केन्द्रिय कार्यालय) का केन्द्रिय महासचिव, उपलव्ध केन्द्रिय सदस्य, झापा जिल्ला अध्यक्षबीच २०७९ चैत्र २६ गते झापाको बिर्तामोडमा सौहार्दपूर्ण वार्ताको क्रममा दुवै संस्थालाई एक बनाउने भएको हो । दुवै संस्था एक भएसँगै अधिकारी वंश प्रतिष्ठानमा खुशीको सञ्चार छाएको छ । एकै उद्धेश्य र संकल्प लिएका दुवै संस्थालाई एक बनाउन आवश्यक विधान तयारीको लागि समाज र प्रतिष्ठानको तर्फबाट तीन–तीन सदस्य रहने बताइएको छ । कसैको जित र हारको विषय नभएको, शब्द र अक्षरमा अलमल गर्न नहुने तर्क गर्दै दुवै संस्थालाई एक बनाउने सहमति भएको नरेन्द्रकुमार अधिकारीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार