पार्टीमा छलफल नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै कांग्रेस सांसदको असन्तुष्टि

सोमबार, २७ चैत्र २०७९
हेटौंडा । पार्टीभित्र बृहत् छलफल नै नगरी नेपाली कांग्रेस वाग्मती प्रदेश सरकारमा सहभागी भएको भन्दै कांग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्री शालिकराम जमकट्टेलले आइतबार कांग्रेसबाट दुई सांसदलाई मन्त्री बनाएका थिए । कांग्रेसबाट वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका थिए । यसअघि सरकारको भागबन्डा मिलाउन कांग्रेसका सांसद रामकृष्ण चित्रकारको नेतृत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलमा बृहत छलफलबिनै दुई सांसद मन्त्री बनेको भन्दै कार्यदलका संयोजकसमेत रहेका सांसद चित्रकारले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेसले ६ वटा मन्त्रालय लिने र मन्त्रीहरुको नाम कार्यदलमा बृहत् छलफल गरेपछि मुख्यमन्त्रीलाई बुझाउने तयारी गरेको सांसद चित्रकारको भनाइ छ । तर संसदीय दलका नेता बहादुसिंह लामाले छलफल नगरी शपथ लिन काठमाडौंबाट प्रदेश राजधानी हेटौंडा गएको सांसद चित्रकारले जनाए । शपथग्रहण समाहरोहमा समेत आफूहरुलाई जानकारी नभएको पनि उनले बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार