घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ । मृत फेला परेकी महिलाको कम्मर मुनिको भागको कपडा थिएन ।
इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ । महिलाको हत्या कसले गरेको हो भनेर यकिन भइसकेको छैन ।
डीएसपी खतिवडाले घटनाको थप अनुसन्धान अघि बढाएर घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको जानकारी दिए । महिलाको घाँटीमा चोटपटक देखिएको छ । शव घिसारेर केही पुर पुर्याएर शव छाडेको जस्तो देखिने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया