इलाम/ इलामको सन्दकपुरमा अवस्थित माइपोखरीमा शुक्रबारदेखी त्रि–धार्मिक महाउत्सव सुरु भएको छ । विश्व रामसार सूचीमा संरक्षित माइपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावालम्बीको आस्थाको केन्द्र माइपोदरीमा सुरु महाउत्सव ८ गतेसम्म सञ्चालन हुने छ । एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ लगायतका कार्य हुने आयोजकले जानकारी दिएको छ ।
धार्मिक तथा जैविक विविधताले भरिएको माइपोखरीमा धार्मिक पर्यटकको संख्या घट्दै गएपछि महाउत्सव सञ्चालन गरिएको मुल आयोजक समितिका सचिव दिनेश सुवेदीले जानकारी दिए ।
महाउत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ । किरात र बौद्ध धर्मका अग्रजहरुको समेत उल्लेख्य उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।
उद्घाटनका क्रममा कलश यात्रा निकालिएको थियो । माइपोखरीबाट सुरु भएको कलश यात्रा देउराली बजार स्थित सातखाल्डेसम्म पुगेर पुन माइपोखरीमा आएर उद्घाटन भएको थियो ।
महाउत्सवको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए ।
Discussion about this post